चीनमा रहेका विद्यार्थीलाई रेस्क्यु गर्न जहाज तयारः पर्यटन मन्त्री

चीनमा रहेका विद्यार्थीलाई रेस्क्यु गर्न जहाज तयारः पर्यटन मन्त्री

१८ माघ, काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् ।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिले सम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १ सय ९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताए । आवश्यक प¥यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तयारी अवस्थामा छन् ।

दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भनेका छन ।  बाहिर फैलाइए जस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफुहरुलाई विश्वस्त बनाएको उनले बताए ।

कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको दृष्टन्त दिए । नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षीत र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनीलगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँभाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.