विश्वप्रकाश भन्छन्–‘सरकारका कारण लोकतन्त्र खतरामा’

विश्वप्रकाश भन्छन्–‘सरकारका कारण लोकतन्त्र खतरामा’

१८ माघ, काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले लोकतन्त्र विधिमात्रै नभएर संस्कृति पनि भएको बताएका छन् । नेपालमा लोकतन्त्र, चुनौती र अगाडीको बाटो विषयक अन्तरक्रियामा प्रवक्ता शर्माले लोकतन्त्र विधिसँगसँगै संस्कृति पनि भएकाले त्यही अनुसार चल्नुपर्ने बताएका हुन् ।

सरकारले पछिल्लो समय अगाडी सारेका विधेयकहरुले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ त्यसले लोकतन्त्रमा खतरा छ । बुढी गण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’ शर्माले संविधानको दायरा बढाउन गम्भिरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने बताए । उनले युवाहरुलाई व्यवसायिक बन्न पनि आग्रह गरेका छन् ।

अर्थविद डा. स्वर्णीम वाग्लेले लोकतन्त्रलाई उन्नत बनाउन सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्था लागु गर्दै जानुपर्ने बताए । चुनाव महंगो हुँदै गएकाले भ्रष्टाचार बढेको, सत्तामा आएपछि कार्यकर्ता पोस्ने प्रवृति हावी भएकाले लोकतन्त्रमा खतरा रहेको उनले बताए । कार्यक्रम नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको थियो । कार्यक्रममा पत्रकार बबिता शर्मा लगायतले आफ्नो धारणा राखेका थिए । सहभागिहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.