१९ माघ, सुनसरी ।
महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते छन् ।
काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस आइतबार बिहान करिब ७ बजे रामधुनी नपा– २ को कृषि फार्म नजिक ठोक्किएर दुर्घटना भएको हो ।
पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीका अनुसार दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक खड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको छ ।
घाइतेलाई स्थानीय र विभिन्न अस्पताल र्पुयाइएको छ ।