१९ माघ, विराटनगर।
बुद्ध एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडान पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिबिलटीका कारण स्थगित गरेको उडान शनिबारदेखि सुचारू भएको हो ।
शनिबारदेखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ मा सुरु भएको हो ।
रात्रिकालीन उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकेर विराटनगर फर्किने यात्रुहरुलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ ।