१९ माघ, इटहरी ।
बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।
राणा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेर आत्मसर्मपण गरेका हुन् । राणा आफैँ जिप्रका पगेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । पोखरेलले अब अनुसन्धान अघि बढाइने बताए ।
इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।