नेकपा सांसदका लागि प्रधानमन्‍त्रीद्वारा रात्रिभोज आयोजना

नेकपा सांसदका लागि प्रधानमन्‍त्रीद्वारा रात्रिभोज आयोजना

१९ माघ, काठमाडौँ ।
नेकपा सांसदहरुका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज आयोजना गरेका छन् । स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका हुन्।

आइतबार रात्रिभोजका लागि नेकपाले आफ्ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाएको हो । सन्देशमा प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थति हुन नेकपाले ‘ह्वीप’ जारी गरेको छ। भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ।

एमसीसीलाई संसद्बाट छिटो अनुमोदन गराउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले दबाब बढारहेको छ भने नेकपा सांसदहरुबीच एमसीसी संसद्बाट अनुमोदन गर्न हुने र नहुने विषयमा मतान्तर छ। भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका छन्। केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.