आगोमा परी पूर्वमा २ जनाको मृत्यु

आगोमा परी पूर्वमा २ जनाको मृत्यु

१९ माघ, बिराटनगर ।
झापा र इलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका– ५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुक्रे जंगलमा शनिवार अपरान्ह भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ ।

जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा स्थानीयवासी ६० बर्षीय रामबहादुर बस्नेतको आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैगरी इलामको रोङ गाउँपालिका–६ की ६६ बर्षीया देवी भण्डारीको आफ्नै घर भित्र आगो तापिरहेकोमा आगोले जलेर मृत्यु भएको छ ।

आगो तापिरहेको अवस्थामा अचानक कपडाबाट आगो सल्किन गई घाईते भएकी भण्डारीको उपचारको क्रममा बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.