ए डिभिजन लिगमा पुलिसमाथि आर्मीको सानदार जित, नवयुगको दुई गोल

ए डिभिजन लिगमा पुलिसमाथि आर्मीको सानदार जित, नवयुगको दुई गोल

१९ माघ, काठमाडौँ ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मीले विभागीय टोली नेपाल पुलिसमाथि र संकटा कलबले हिमालयन शेर्पा कल्ब माथि जित निकालेका छन् । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीलले पुलिसलाई ४–२ गाले अन्तरले जित हासिल गरेको हो भने संकटाले हिमालयन शेर्पा माथि १–०को जित निकालेको हो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशामा भएको खेलमा नेपाल पुलिसले दुई पटक सम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा आर्मीसँग ४–२ को अन्तरले पराजित भएको हो भने संकटाका अजयी मार्टिनले २१औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । जितसँगै संकटा लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

निकै रोमाञ्चक बनेको दोस्रो खेलमा आर्मीले दुई पटक पछि परेको अवस्थामा अग्रता उल्टाउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । आर्मीले अन्तिम १३ मिनेटमा तीन गोल गर्दै जित निकाल्न सफल भएको हो । खेलमा पुलिसले २०औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । ३४औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीको खेललाई बराबरी अवस्थामा ल्याएका थिए ।

पहिलो हाफमा १÷१ गोलको बराबरी खेलेका आर्मीले दोस्रो हाफमा सन्तुलित खेल प्रदर्शन ग¥यो । यद्यपि ५८औं मिनेटमा पुलिसका मान बहादुर परियारले गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा परेको आर्मी ७७ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट खेल पुनः बराबरीको अवस्थामा ल्यायो । ८५औं मिनेटमा नवयुगले पुलिसका रक्षकको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता उल्टायो । त्यसको चार मिनेट पछि बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुदिल राईले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

जितसँगै आर्मीको उपाधि यात्रा बलियो बनेको छ । आइतबारको जितपछि आर्मी शीर्ष स्थानमा फर्किएको छ । १० खेलबाट २३ अंक जोडेको आर्मी भन्दा पछि दोस्रो स्थानमा मच्छिन्द्रको २२ अंक रहेको छ । पराजित पुलिस भने समान १० खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज (बिबिसी)सँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मुख्यालयमा हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.