२० माघ, विराटनगर ।
मोरङको बुढीगंगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर बुढीगंगा गाउँपालिका–६ तिलाठिकी ५३ वर्षीया चन्द्र कुमारी कठेतको मृत्यु भएको हो ।
आइतबार घर छेऊको खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा कठेत गम्भीर घाईते भएकी थिइन् । उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।