रिजालविरुद्ध एकै दिन पाँचवटा भ्रष्टाचार मुद्दा

रिजालविरुद्ध एकै दिन पाँचवटा भ्रष्टाचार मुद्दा

२० माघ, काठमाडौँ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बनमा परेका तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक पाँचवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार रिजालविरुद्ध पाँचवटा मुद्दामा ६ लाख ५२ हजार भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गृहमन्त्रालयले गएको मंसिर २४ गते आयोगको सिफारिसअनुसार निलम्बन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी (उपसचिव) रहेका रिजालले थुनामा रहेका व्यक्तिलाई धरौटीमा रिहा गर्न एक लाख ५० हजार घुस मागेका थिए ।

 बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ तथा इन्द्रबहादुर तामाङ र जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले ५० हजार घुस लिएका थिए ।

आफ्नै कार्यकक्षमा बसेर घुसको बार्गे्निङ गरेको भिडियो सार्वजनिक भएपछि उनी छानबिनको घेरामा परेका थिए । उनले सेवाग्राहीहरु सँग पटक पटक गरी ९० हजार, ५० हजार, ३५ हजार र चार लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

रिजालले भ्रमण खर्च बापत लिएको रकमसमेत अभिलेख नै नराखी खर्च गरेको पाइएको अख्तियारले जनाएको छ । ‘निजउपर विभिन्न ५ वटा आरोपपत्रमा जम्मा बिगो ६ लाख ५२ हजार ६ सय कायम गरी आरोपपत्र दायर गरिएको छ, आयोगले भनेको छ ।

उनले भ्रमण अभिलेख खातामा दर्ता नगरी र खाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी अनियमित तरिकाले ७७ हजार ६ सय लिएको अनुसन्धाबाट खुलेको आयोगको दाबी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.