राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

२० माघ, काठमाडौं ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । पटवालले नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।

पर्सिबाट नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । क्यान स्रोतले पटवालले राजीनामा दिएको जनाउँदै आईसीसीसमक्ष दिएको राजीनामाको बोधार्थ क्रिकेट संघलाई पनि आएको बताएको छ ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई एक वर्षको लागि गत जेठमा नियुक्त गरेको थियो । आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । तर उनले ८ महिनामै राजीनामा दिएका छन्

मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई र्पुयाउने लक्ष्य सुनाएका थिए । तर साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलबाटै नेपाल बाहिरीसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.