अमेरिकी र ओमान क्रिकेट टोली नेपालमा

अमेरिकी र ओमान क्रिकेट टोली नेपालमा

२० माघ, काठमाडौँ।

आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ ।  अफिसियल सहित अमेरिकी टोली आइतबार साँझा काठमाडौं ओर्लेको हो ।

आइसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो । अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो ।

यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ । टोलीले मंगलबार ओमानको टोलीले पनि कीर्तिपुर मैदानमै प्रशिक्षण गर्नेछ । अमेरिकी टिमले भने नेपाली टिमसँग सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास गर्ने छ । प्रतियोगिता बुधबारबाट सुरु हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.