ग्यासको मुल्य बढ्यो ,पेट्रोल र डिजलको घट्यो

ग्यासको मुल्य बढ्यो ,पेट्रोल र डिजलको घट्यो

२० माघ, काठमाडौँ ।
खाना पकाउने ग्यासको मुल्यको बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको संगे खाना पकाउने ग्यासको मुल्य बृद्धि भएको हो ।

निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको जानकारी दिएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ । तर खाना पकाउने ग्यासको मूल्य भने वृद्धि गरिएको छ ।

निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । मूल्य समायोजना भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । समायोजन भएको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.