छोरीलाई घरबाटै मजबुत बनाउनुपर्छ: मुख्यमन्त्री राउत

छोरीलाई घरबाटै मजबुत बनाउनुपर्छ: मुख्यमन्त्री राउत

२१ माघ,  जनकपुरधाम ।

‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालन गरेर चर्चा बटुलेको प्रदेश नं २ को सरकारले अब छोरीलाई निर्भिक बनाउनका लागि सुरक्षित बेटी अभियान सञ्चालनमा ल्याएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘महिला हिंसाविरुद्ध शून्य सहनशिलता हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ सुरक्षित बेटी अभियान सञ्चालन गरेको हो ।

अभियानको औपचारिक रुपमा आज शुभारम्भ गर्दै मुख्यमन्त्री लालबावु राउतले हाम्रो चिन्तनले छोरीलाई कमजोर बनाएकाले अब छोरीलाई मजबुत बनाउनका लागि घरबाट नै पहल हुनुपर्ने विषयमा जोड दिए । सामाजिक बनोट र पारिवारिक वातावरणका कारण छोरी कमजोर हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै छोरीप्रति परिवारले गर्ने गरेको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए । यो अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला हिंसाविरुद्धको ऐन कानूनबारे जानकारी गराइनेछ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.