नेत्रविक्रम चन्द समूहका मुख्य चन्दा संकलक पक्राउ

नेत्रविक्रम चन्द समूहका मुख्य चन्दा संकलक पक्राउ

२१ माघ, काठमाडौँ । नेत्रविक्रम चन्द समूहका नेता तथा सो पार्टीका मुख्य आर्थिक संकलक मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको ‘प्राइभेट अफिस’बाट पक्राउ गरेको हो ।

कटवाल चन्द समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष हुन् । चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु (चुनदेवी)मा पनि घर छ । उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी)स्थित घरमा खानतलासी गरिरहेको छ । उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगीरव्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ । चन्द समूहलाई प्रतिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ।

उनी कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिबिधिमा प्रतिबन्ध लगाएको थियो। त्यसयता १ हजार ३ सय ४३ जना नेताकार्यकर्ता पक्राउ परेकोमा १ हजार १ सय ३४ जना धरौटी र साधारण तारेखमा छुटेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.