विराटनगरबाट भारत तर्फ सुन तस्करी,एक जना पक्राउ

विराटनगरबाट भारत तर्फ सुन तस्करी,एक जना पक्राउ

२१ माघ, विराटनगर ।
विराटनगरबाट अवैध सुनसहित एक जना भारतीय पक्राउ परेका छन् ।

विराटनगर–१७ रानी भन्सार गेटबाट भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिकलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।

भौमिकले अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा पनि प्रहरीले बरामद् गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.