बिजयकुमार गच्छदार सांसदबाट स्वत: निलम्बित

बिजयकुमार गच्छदार सांसदबाट स्वत: निलम्बित

२२ माघ,काठमाडौं ।
कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्बीत भएका हुन् ।

गच्छेदार विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.