विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विजय गच्छदार र दीप बस्न्यातसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ माघ, काठमाडौँ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.