२२ माघ, विराटनगर ।
रोटरी क्लव अफ विराटनगर डाउनटाउन र एबीसी नेपालले एक सय जनालाई सीपमुलक तालिम दिएको छ । सौन्दर्य र सिलाई कटाई सम्बन्धी तीन महिने सीपमुलक तालिम बुधबार समापन भएको हो ।
जम्मा एक सय जनाले सौन्दर्य र सिलाईकटाई तालिम लिएको रोटरी क्लव अफ विराटनगर डाउनटाउनकी अध्यक्ष अर्चना तापरीयाले जानकारी दिइन् ।
तालिममा सहभागीलाई बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी असिस्टेन गभर्नर भैरव रिजालको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको छ ।

