२३ माघ, विराटनगर ।
विराटनगर–१० स्थित अरनिको कलेज नजिकै अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अरनिको कलेज नजिक भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह २११३ नं. को अटो टेम्पो बिहीबार बिहान आफैँ अनियन्त्रीत भई दुर्घटना हँुदा अटो चालक बिराटनगर–१७ बस्ने ४५ वर्षीय सलिम मियाको मृत्यु भएको हो ।
दुर्घटनामा मियासँगै अटोमा सवार विराटनगर– १० बस्ने ५५ वर्षीया मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब घाईते भएकोमा मियाको उपचारको क्रममा न्युरो अस्पताल बिराटगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्य घाईते ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने अटोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।