२३ माघ, मुस्ताङ ।
नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ । हिउँ, पयर्टन, प्रवद्र्धन र स्की खेलको विकासका साथै भ्रमणवर्षलाई सफल पार्न आयोजना गरिएको स्की च्याम्पियनसीमा ३३ जना खेलाडीको सहभागिता रहेको थियो ।
स्कीका तीन विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एक आपसमा प्रतिस्पर्धा गरिएको थियो । स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले स्की खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न सकिने बताए । उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले हिंउमा खेलिने यो खेल मुस्ताङ्मा सम्पन्न भएको बताए ।
च्याम्पियनसीको क्रम कन्टीतर्फ सुजता नामपुरले पहिलो स्थान हासिल गरिन् । इशा तामाङ दोस्रो भइन् । यस्तै थुप्तेन लामा र चिनार तामाङ क्रमसः तेस्रो र चौथो स्थान हासिल गरे । यसैगरी स्नो बोडिङ तर्फ विशाल तामाङ, नविन तामाङ र छिरिङ तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी २ समूहमा पुरुष र महिलाबीच अलग अलग प्रतिस्पर्धा गराईएको थियो । अप्लाईन स्कीको सिनिर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो भए । महिला सिनियर तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोस्रो र लक्ष्मी राई तेस्रो भइन् ।
जुनियर पुरुष तर्फको स्पर्धामा सागर तामाङ प्रथम, उमंग रञ्जित दोस्रो र किरण रञ्जित तेस्रो भए । महिला जुनियर तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोस्रो र उजला मुनिकार तेस्रो भइन् ।