आजका प्रमुख खबरहरुः
१.(आक्रोशित कांग्रेस)
बिजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्धा दायर गरेको भन्दै नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध/अपचलन भएको सम्पत्ति फिर्ता गर्छु भनेर मुद्धा नचलाउने अख्तियारको कार्यशैलीले विश्वसनियतामा प्रश्न उठेका दावी ।
२.(अख्तियारमाथि प्रश्न)
ललिता निवास प्रकरण छानविनमा अख्तियारको नियत खराब देखिएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रतिक्रिया /प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्धा दर्ता गर्नुले राजनीतिक पूर्वाग्रह देखिएको कांग्रेस सचेतक बालकृष्ण खाँडको आरोप ।
३.(नुनको सोझो)
ललिता निवास प्रकरणमा अख्तियारको निर्णयको सत्तापक्षका सांसदद्वारा बचाउ /देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरेकोसांसद रामनारायण विडारीको आरोप ।
४.(पाण्डेको आशय)
ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णयको निष्पक्षताप्रति प्रतिपक्षी दलको प्रश्न /नेकपाका महासचिव विष्णु पौडेलले शक्तिको आडमा प्राप्त गरेको जग्गा फिर्ता गर्छु भनेर आफ्नो अपराध स्वीकार गरिसकेको दावी ।
५.(सरकारको जवाफ)
ललिता निवासको जग्गा प्रकरण छानविनदेखि मुद्धा दायरसम्म कसैलाई विभेद नगरेको सरकारको दाबी /अदालती प्रक्रिया सुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्टोक्ति ।
६.(भेटिए ठाँउ)
चीनबाट ल्याइने नेपालीलाई काठमाडौै र भक्तपुरका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राख्ने सरकारको तयारी /नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने ।
७.(न्यायको आशा)
सत्य निरुपण र वेपत्ता छानबिन आयोग सम्बन्धि ऐन संशोधनको माग गर्दे बालुवाटारमा द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको धर्ना /पीडितहरुसँग कुनै छलफल नै नगरी पदाधिकारी नियुक्त गरिएको भन्दै पीडितहरुद्वारा असन्तुष्टि व्यक्त ।
८.(भत्काउन कति हतार)
लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइयो /जिल्ला अदालत रूपन्देहीमा परेको मुद्दामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पतालसमितिले २४ घन्टे अल्टिमेटम दिएर सटरमा डोजर चलायो ।
९.(पत्रकारलाई परीक्षा छुट)
पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाद्वारा मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित /अब विधेयक प्रतिनिधि सभाबाट पनि पारित भएपछि विद्येयकले कानूनी हैसियत प्राप्त गर्ने ।
१०.(अरुणको बजेट)
संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाका लागि वित्तीय स्रोत जट्यो /७० प्रतिशत ऋणसहित निर्माण गर्न लागिएको परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान ।
११.(पीडितका लागि सहयोग)
भूकम्पीय आवास पुननिर्माण आयोजनाका लागि विश्व बैंकद्वारा करिब २२ अर्ब ८० करोड रुपैया सहयोग /सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने ।
१२.(बदनाम प्रहरी)
ललितपुरको महांकाल गाउँपालिकाकी २३ वर्षीया युवतीले दिइन पूर्वडीएसपी राजकुमार खिउजुविरुद्ध करणी गरेको आरोपमा जाहेरी/ ६ महिनाअघि घटना भएकाले अध्ययन गरेर खिउजुलाई नियन्त्रणमा लिने प्रहरीको भनाई ।
१३.(कुटाई खाने छुटे)
गण्डकी प्रदेशका सांसद दीपक ‘मनाङे’ले हातपात गरेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ धरौटीमा रिहा /बैकिङ कसुर अन्तर्गत पक्राउ परेका गुरुङलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश ।
१४.(आर्मी शीर्षमा)
त्रिभुवन आर्मी अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लियो / एपिएफ आर्मीसंग २–१ ले पराजित/सरस्वती युथ क्लबमाथि मछिन्द्रको ६–१ को आरामदायी जित ।
र,
१५.(कोरोनाको कहर)
कोरोना भाइरसका कारण चीनमा एकै दिन थप ७३ जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या ५ सय ६५पुग्यो /२८ हजारभन्दा बढी संक्रमित / संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठनद्वारा प्रशंसा ।