अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी पक्राउ

अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी पक्राउ

२४ माघ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य समिक्षा बाँस्कोटा,प्रकाशचन्द्र परियार, नारायण कोइराला लगायत छन्। अख्तियारले १ सय ७५ जनाविरूद्ध चलाएको मुद्दाप्रति आपत्ति जनाउँदै साझा पार्टीले सिठी जुलुस निकालेको थियो ।

नारा र सिठी फुक्दै अख्तियारको निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ। पक्राउ परेकालाई अहिले कमलपोखरी वृत्तमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.