विराटनगरको उखुबारीमा भेटिएको शव दुहवीकी महिलाको

विराटनगरको उखुबारीमा भेटिएको शव दुहवीकी महिलाको

२४ माघ, विराटनगर । विराटनगर महानगरपालिका वडा नं १२ मलंगवास्थित उखुवारीमा हत्या गरेर फालिएको एक युवतीको शवको पहिचान खुलेको छ ।

शव सुनसरी दुहवी नगरपालिका ६ की स्थानीयवासी ३२ वर्षीया सम्झना खत्री परियारको रहेको प्रहरीले पुष्टि गरेको हो । मृतकको श्रीमान्ले शवको पहिचानको गरेको मोरङ प्रहरी जनाएको छ । उनको श्रीमान् विकास परियार एलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अन्य मानिससंगको सम्बन्धका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनी मंगलबारदेखि वेपत्ता थिइन् । उनको घाँटीमा चोट देखिएको र घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । थापाका अनुसार उखु काट्न गएका मजदूरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.