२४ माघ, काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् ।
विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गदै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताए । कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताए ।
नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गदै आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताए । उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पारे । कुुनै बाटो वनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णय गर्ने प्रधानमंत्रीलाई दोषि भन्न नमिल्ने उनले बताए ।
उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको दावी गरे । एमसिसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताए ।
एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउँदै उनले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताए । नेता नेपालले सरकाले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिए ।