ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२६ माघ, पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका–४ थापाटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

शनिवार दिउँसो साँढे १ बजेको समयमा जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग १ त ३७९९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक फिदिम नगरपालिका–४ माझीटार बस्ने २६ बर्षीय शुक्रराज माझी गम्भीर घाईते भएका थिए ।

उनलाई घटनास्थलबाट बाटोमा निकाल्ने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.