जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने फरार अभियुक्त पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने फरार अभियुक्त पक्राउ

२६ माघ, काठमाडौं । वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको मुद्दामा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुर सूर्य्विनायक वडा नम्बर ७ घर भई हाल काठमाडौं-२६ रानीबारी बस्दै आएका ३७ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगार कसुरको तीन थान मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर ४ गतेको फैसलाले अजय तामाङ्लाई जम्मा ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

तामाङले वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी विभिन्न व्यक्तिलाई ठगेको जाहेरी परेको थियो। तामाङलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत लगिएकोमा अदालतले डिल्लीबजार कारागार चलान गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.