ट्राफिक प्रहरीले ६ महिनामा २० हजारलाई कारवाही गर्यो

ट्राफिक प्रहरीले ६ महिनामा २० हजारलाई कारवाही गर्यो

२६ माघ, काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउन यता २० हजार ४ सय ३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढाका खुल्ला राख्ने, एकतफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारीचालकहरुलाई कारबाही गरिएको बताए । उनले पुष १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिएको समेत बताए ।

ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारीचालकलाई सचेतना गराइएको उनले बताए । यसबाहेक ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान शुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यबस्थापनमा प्राथमिकता दिइएको र ९ वर्षदेखि विग्रीएर रहेका १७ स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताए । साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको जानकारी दिए । महाशाखाले आइतबारपनि चोरी भएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.