दमकमा बस र ट्याक्टर ठोक्किँदा पाँच जना घाइते

दमकमा बस र ट्याक्टर ठोक्किँदा पाँच जना घाइते

२६ माघ, विराटनगर । दमकको रतुवा पुलमा बस र ट्याक्टर एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

पूर्वतर्फ जाँदै गरेको मे १ ख २३६४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे १ त ६१५० नम्बरको ट्याक्टर आपसमा ठोक्किएका हुन् ।

आइतबार अपराह्न भएको दुर्घटनामा बसमा रहेका केही यात्रुहरू घाइते भएको र घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना हुँदा ट्याक्टरमा रहेका ढुंगा खसेर सडकमा पोखिँदा केहीबेर अवरूद्ध भएको यातायात अहिले भने खुलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.