२६ माघ, विराटनगर ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तीन दिने स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता आइतबारबाट सुरु भएकोे कलेज प्रमुख टिकाप्रसाद निरौलाले जानकारी दिए ।
बिराटनगर १० स्थित न्यूरो हेल्थ कलेजको मैदानमा जारी तिन दिने स्पोर्टस मिटमा आइतबार सम्पन्न भलिबल खेलमा दोश्रो बर्षमा अध्ययनरत नर्सिङका बिद्यार्थीहरुले पहिलो बर्षका नर्सिङका बिद्यार्थीहरुलाई २—१ सेटले पराजित गर्दै उपाधि जितेको छ । यस्तै , भलिबल खेलमै एच.ए. तर्फ तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई २—१ सेटले पराजित गर्दै उपाधि जितेको छ ।

यता , नर्सिङ प्रथम बर्षकी , जानकी पंडित र दुर्गा बुढाथोकी बिच भएको बुद्धिचाल खेलमा पंडितले जित हात पारेकी छिन् । यस्तै दोश्रो बर्षकी रोजिना राई र रुजु सापकोटा बिच भएको खेलमा रोजिनाले जितेकी छिन् । यता, प्रथम बर्षका एच. ए तर्फ राजकुमार साह र ओम चौधरी बिच भएको सो खेलमा ओमले जिते हात पारेका हुन् ।
त्यस्तै , तेश्रो बर्षका एच. ए तर्फ भएको दुइ खेलमा आयुष कुमार राजवंशी र कुन्ती यादब बिच भएको खेलमा आयुषले जिते हात पारेका छन् भने जितेन्द्र यादब र समिर घिमिरे बिच भएको खेलमा जितेन्द्रले जित हासिल गरेका छन । २०६५ सालमा स्थापना भएको कलेजमा बर्षेनि खेलकुद सप्ताह हुने गरेको छ । कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले शैक्षिक क्रियाकलापसँगै शारीरिक विकासका लागि खेलकुद सप्ताह आयोजना गरिएको बताए ।