नेपाली विद्यार्थी लिन शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

नेपाली विद्यार्थी लिन शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

२७ माघ, काठमाडौँ ।
आगामी शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन चीन जाने भएको छ ।

तत्काल उद्धार गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएसँगै सो जहाज आगामी शुक्रबार फागुन ३ गते चीन जाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिएका छन् ।

यद्यपी प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसारनै समय अझै अगाडि समेत हुन सक्ने आचार्यले बताए ।कोरोना भाइरसको उद्गम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने तयारी गरेको हो ।

चीनबाट नेपाली विद्यार्थीहरुलाइ ल्याउनको लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधि सदस्य रहेका छन् ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.