२७ माघ, काठमाडौं ।
पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुरको सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको हो । उनको घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् ।
मुनाको अवस्था गम्भीर रहेको र उनलाई अस्पताल लैजाँदैगरेको एसएसपी राईले बताए । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।
अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ ।