अख्तियारको नेपालगञ्ज कार्यालयमा उजुरी बढ्यो, जनशक्ति भने अभाव

अख्तियारको नेपालगञ्ज कार्यालयमा उजुरी बढ्यो, जनशक्ति भने अभाव

२७ माघ, नेपालगञ्‍ज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा पछिल्लो ६ महिनामा ४ सय ५८ वटा उजुरी परेका छन्।

सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार, बाँके, बर्दिया र दाङ जिल्लाबाट ४ सय ५८ वटा उजुरी परेका हुन् । बाँकेमा २ सय १०, दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको गैरेले बताए।

तीमध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा उजुरी फछ्र्यौट भएको छ। ४ सय ५८ मध्येमा ३ सय ४७ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ।

उजुरीमध्येमा सबैभन्दा बढी संघीयको छ। संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालयले जानकारी दिएको छ।

अख्तियारको नेपालगञ्ज कार्यालयमा उजुरी पर्ने क्रम बढिरहदा जनशक्तिको कमीले अनुसन्धान छिटो हुन सकेको छैन। कार्यालयमा अहिले २८ जना दरबन्दी रहेको छ। अनुसन्धान अधिकृत तीन जनामात्रै छन्। प्राविधिक जनशक्ति अभाव रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.