माइतीघरमा महिला संघको अख्तियारविरुद्ध प्रदर्शन

माइतीघरमा महिला संघको अख्तियारविरुद्ध प्रदर्शन

२७ माघ, काठमाडौं ।
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल महिला संघले अख्तियारविरुद्ध प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएैको र अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै महिला संघले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

केही दिनअघि अख्यितारल ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद् सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै बिरोध गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.