२७ माघ, विराटनगर ।
मोरङको पथरीबजार नजिकै यात्रु बाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
सोमबार दिउँसो ४ बजेतिरको समयमा जाँते–पथरी सडकखण्डको जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस सडकबाहिर पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । बसका चालक लेटाङ ९ बस्ने २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने जनाईएको छ ।