२८ माघ, विराटनगर।
सुनसरी दुहबी–८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ।
सोमबार राती ११ बजे मोरङ बुढिगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते मोटरसाईकल चालक चौधरीको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।