नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने, बैठक बस्दै

नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने, बैठक बस्दै

२८ माघ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले मंगलबारको संसद बैठक अवरुद्ध नगर्ने भएको छ । सिंहदरबारमा बिहान बसेको पार्टीको संसदीय दलको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

यसअघि ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसले लगातार तीन पटक संसद बैठक अवरुद्ध गरेको थियो । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अख्तियारको निर्णयको राजनीतिक र कानूनी रुपमा सामना गर्ने निर्णय गरेको र संसदीय दलको बैठकले संसद चल्न दिने निर्णय भएको नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले बताए ।

यसअघि सबैको ध्यानआकर्षण गर्न तीन पटक आफ्नो कुरा राखेको उल्लेख गर्दै खाँडले आजको बैठकमा ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णयसँगै अन्य विषयवस्तुहरुमा पनि पार्टीका नेताहरुले धारणा राख्ने उनले बताए । बैठक १ बजेका लागि बोलाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.