ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

ट्याक्टरबाट लड्दा सह–चालकको मृत्यु

२९ माघ, झापा ।
मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह–चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लड्दा गम्भीर घाईते भएका थिए ।

उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.