नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा

१ फागुन, काठमाडौँ । नेपाली गायक दिवेश पोखरेल ’अमेरिकन आइडल २०२०’ को शीर्ष २० मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८औं सिजनको शीर्ष २० मा पुगेका हुन् ।

अमेरिकन आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा पोखरेलाई आइडलकै ठूला स्टार भन्दै प्रशंसा गरेका थिए।

’उ अमेरिकन आइडलकै ठूलो स्टार हुनसक्छ’ उनले पोखरेलको प्रस्तुति हेरेपछि भने। फ्रेब्रुअरी १६ देखि प्रसारणमा आउने अमेरिकन आइडल पोखरेलकै कारण पनि नेपाली दर्शकका लागि यो सिजन खास बनेको छ।

सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ’न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ’कर्णाली’, ’प्रलय ए’ र ’प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए। गायक दिवेशको स्टेज नाम ’अर्थर गन’ हो।

१८ औं श्रृङ्खलाको निर्णायकमा भने ब्रायनसँगै केटी पेरी, लाइनल रिची छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.