कुबेतमा ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु (अपडेट)

कुबेतमा ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु (अपडेट)

एजेन्सी, फागुन १
वैदेशिक रोजगारीका लागि कुवेत गएका ६ जना नेपालीको बालुवाको ढिस्कोले पुरिएर ज्यान गएको छ । कुवेतको अलमुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको घटनास्थमै र अन्य २ को उपचारको क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ । चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासी बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् ।

कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.