१ फागुन,विराटनगर ।
ज्योति लाईफले घातक रोगको जीवन बीमा गरेका विराटनगरका एक ब्यक्तिलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बिराटनगर १२ पन्चमुखी चोक बसोबास गर्दै आएका बिनोद राई ,पेटमा देखिएको समस्याले चेक जाँचको क्रममा हजारतिर भौतारिए, अन्ततः पित्तथैलीको क्यान्सर भएको निष्कर्ष निस्कियो । उनले जीवन बीमा गर्दा घातक रोग समेत समावेश गरेका कारण २ लाख रुपैयाँ घातक रोगको उपचार खर्च बापतको प्राप्त गरेका छन ।
ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आएका राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक द्वय कबिराज दाहाल,मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख मदनकुमार गौतमले सो चेक हस्तान्तरण गरेका हुन् ।
हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाए सरहको अनुभव गरेको बताए । २ बर्ष अघि २ लाख बीमाङ्क घातक रोग सुविधा सहितको विमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैली को क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको प्रबन्धक कबिराज दाहालले जानकारी दिए । ज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत ५० लाख सम्म दावी भुक्तानी गर्ने गर्दछ ।