२ फागुन, मोरङ । मोरङको लेटाङ नगरपालिका –१ धोबिघाट घर भएका ६४ वर्षीय बलबहादुर लामिछानेको स्थानीय पाँचथर खोलामा लडेर मृत्यु भएको छ ।
खोला किनारमा मृत अवस्थामा भेटिएका लामिछानेलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट शव उठाई मंगलबारे अस्पताल पठाएको तथा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।