३ फागुन, धनुषा ।
प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहलाई कालोमोसो गर्न गएका आधा दर्जनलाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ ।
जनकपुरधाम ८ स्थित जानकी हेल्थ केअर एण्ड टिचिङ हस्पिटलको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका मन्त्री साहलाई राजपाका युवा, विद्यार्थीहरुले कालो झण्डा देखाउनुको साथै कालोमोसो दल्ने कार्यक्रम राखेका थिए ।
राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केन्द्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मन्त्री साहबीच शुक्रवार भएको सामान्य भना भन पछि अवस्था तनावग्रस्त बनेको थियो । सोही विषयलाई लिएर आज झा समर्थित युवाहरु मन्त्री साहको विरोध गर्न राम जानकी अस्पताल पुगेको हो । पक्राउ गरिएको युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लागिएको छ ।