एसिड पीडितहरुले मनाए प्रणय दिवस

एसिड पीडितहरुले मनाए प्रणय दिवस

३ फागुन, काठमाडौँ।
१४ फेब्रुअरी अर्थात प्रेम दिवस । यसदिन प्रेममा प्रेमका साथ रमाउने दिन । सामान्यतया प्रेममा के हुन्छ? प्रेमी, प्रेमिका वा श्रीमान, श्रीमती वा भनौ प्रमिल जोडी कुनै ठाउँमा घुम्ने, पूराना कुराहरु गर्ने वा प्रेम प्रस्ताव राख्ने समग्रका प्रेममा डुब्ने रमाउने लगायत गर्ने गर्छन । पछिल्लो समय त सामाजिक संजाल मार्फत नै प्रेम दिवस मनाईने गरिएको देखिन्छ ।

प्रेम दिवसकै अवसर पारेर प्रेम सबैका लागि हो, प्रेम बाँडौ खुशी बाँडौ भन्दै काठमाडौँमा युवाहरुले फरक ढङ्गबाट प्रणय दिवस मनाएका छन् । विभिन्न घटनामा एसिड प्रहारको शिकार बनेका पिडित महिलाहरुसँग युवाहरुको सक्रियतामा सन्खमुल ईन्ष्टा लन्चमा साङ्गीतिक, साहित्यिक माहोल सहित रमाइलो उत्सव साथ विभिन्न खेलहरुसाथ यो प्रणय दिवस मनाईएको छ।

उक्त कार्यक्रममा ३ जना एसिड प्रहारबाट पिडितहरु संगीता मगर, जेनि खड्का, वसन्तीसहित करिब ३० जनाको सहभागिता रहेको थियो । एसिड प्रहारबाट पिडित बनेकी जेनि खड्काले आफूहरु विचराको पात्र नभएको बताइन् । उनले भनिन्,‘म माथि एसिड प्रहार भएको बेला सबैले रमिता हेरेर बसे तर कसैले मद्धत गरेनन । त्यो बेला देखि नै मलाइ समाजबाट विश्वास हटेको हो ।’

उनले आफ्नो अगाडि कसैलाई जलन भएको छ भने प्रशस्त मात्रामा पानी हाल्न सुझाव दिदै उनले कसैले मद्धत मगेको बेला रमिता हेरेर नबस्न आग्रह गरिन् । प्रणय दिवसका अवसरमा विगत ४ वर्षदेखि फरक ठाउँमा फरक मानिसहरूसँग फरक ढंगले मनाउँदै आईरहेको कार्यक्रम संयोजक दिवाकर गुरुङले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.