अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्नेः गृहमन्त्री

अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्नेः गृहमन्त्री

३ फागुन, मकवानपुर ।
काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

शनिबारदेखि मकवानपुरको फापरबारीमा सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताएका हुन्।

उनले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिए। ‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्‍ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ।

अब अन्तिम मौका दिइनेछ। उक्त अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ,’ उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.