३ फागुन, विराटनगर ।
मोरङ सुन्दरहरैचा–८ सलकपुर स्थित पुर्ब–पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै चालकको मृत्यु भएको छ।
शुक्रबार राती करिब १२ बजेको समयमा को ३७ प १७ नम्बरको मोटरसाईकल र को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा–८ बस्ने २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही स्थानका २३ बर्षीय अर्पण गुरागार्इँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।