रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा चालकको मृत्यु

रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा चालकको मृत्यु

४ फागुन, विराटनगर ।
मोरङको रतुवामाई–१ कल्याणपुर स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी रतुवामाई–१ सोनापुरका २२ बर्षीय आबिद मिँयाको मृत्यु भएको छ।

शनिबार राती साढे ९ बजे को २७ प ४६५० नम्बरको मोटरसाईकल सोही स्थान बाटोमा बिग्रिएर पार्किङ गरी राखेको को २ त २८०० नम्बरको ट्रयाक्टरमा ठोक्किएर दुर्घटना हुँदा मियाँ गम्भीर घाईते भएका थिए ।

उनको उपचारको क्रममा रंगेली अस्पतालमा राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.