व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्रीले गाडिन् साइन बोर्ड

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्रीले गाडिन् साइन बोर्ड

४ फागुन, काठमाडौँ।
सरकारले अतिक्रमित सरकारी जग्गा खोजी गरेर त्यसको स्वामित्व आफैसँग ल्याउने अभियान सुरु गरेको छ ।

आइतबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले काठमाडौँ महानगरपालिका वडा नम्वर ३१ आलोक नगर खोला किनारको अतिक्रमण भएको सरकारी जग्गामा साईन बोर्ड गाढेर अभियानको सुरु गरेकी हुन् । मन्त्री अर्यालले सरकारी जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ भन्ने सूचना रहेको बोर्ड लगाएकी हुन् ।

मन्त्री अर्यालय लगायत स्थानीय जनप्रतिनिधि र स्थानिय वासिन्दाले आलोक नगर खोला किनारको अतिक्रमण भएको १० रोपनी ८ आना सरकारी जग्गामा सो बोर्ड लगाएकी हुन् । आज यस अभियान अन्तरगत काठमाडौँमा अनामनगरको दुइ स्थान सहित तीन स्थानमा यस्तो बोर्ड लगाउने कार्यक्रम रहेको मन्त्री अर्यालयले जानकारी दिईन् ।

 

अब कसैले सार्वजनिक जग्गा अतिक्रमित गरेका छन् भने त्यस्ता संरचनामाथि सरकारी बोर्ड लाग्ने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.