मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ फागुन, विराटनगर ।
मोरङ ग्रामथान–३ रङग टोल बस्ने ५३ बर्षीय हरीलाल माझीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ।

आज बिहान करिब ८ बजे ग्रामथान स्थित भित्रि कच्ची बाटोमा को ६ प ७९६९ नम्बरको मोटरसाईकलले पैदल यात्री माझीलाई ठक्कर दिँदा गम्भीर घाईते भएका थिए ।

उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.