४ फागुन, काठमाडौं ।
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा काठमाडौं जिल्ला अदालतले सोमबार मात्र फैसला सुनाउने भएको छ ।
आइतबार उक्त मुद्दाको सुनुवाई सकिएको छ । बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको र भोली फैसला आउन सक्ने उनले बताए । आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।